किन जन्माउनु भयो मलाई



 किन जन्माउनु भयो मलाई

                             मूल हिन्दी: हरिवंश राय बच्चन 

                     नेपाली अनुवाद: पुरुषोत्तम पोख्रेल 


जिन्दगी र जमाना

दुई पाटामा पिस्सिएर 

मेरा छोराहरु मलाई सोधछन्--

हामीलाई तपाइले किन जन्माउनु भएको?

           अनि मसँग पनि यो बाहेक

           केहि जवाफ हुँदैन,

           त्यो के भने--

मेरा बुआले पनि मलाई नसोधिकन

किन मलाई जन्माएका थिए होलान्?

मेरा बुआलाई पनि उनका बुआले नसोधि 

र उनका बुआका बुआले पनि

उनीहरुलाई नसोधिकन

किन जन्माएका थिए होलान?

            जिन्दगी र जमानाका आंतरिक संघर्ष 

            हिजो पनि थिए 

            र आज पनि छन्, शायद धेरै नै

            भोली पनि हुने छन्, शायद अझ धेरै...

अब तिमीहरु नै नया नियम बनाऊ न त

आफ्ना छोराहरुलाई सोधेर 

उनीहरुलाई जन्माऊ न त !!


















टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

एवरेस्टः मेरी शिखर यात्रा (प्रश्नोत्तर)

लाख की चूड़ियाँ/ प्रश्नोत्तर

शब्द-भंडार