Great Minds on India
पुस्तक को जर्मन संस्करण विमोचन
मेघालय का माननीय मुख्यमंत्री Shri Conrad Sangma ले हालै सलिल ज्ञवालीज्यू कृत Great Minds on India पुस्तकको जर्मन संस्करण विमोचन गर्नु भएको छ। उक्त अवसरमा राज्यका कला र संस्कृति विभागका मंत्री Shri Sanbor Sullai को पनि उपस्थिति थियो। लगभग बीस वर्ष लामो साधनामय अनुसंधानको परिणाम, ज्ञवालीज्यू को यो कृति पहिले नै तेह्र देशी-विदेशी भाषा हरूमा अनुदित भई सकेको छ। यसको जर्मन संस्करणको अनुवाद गर्नु भएको छ Overath, Germany निवासी Cardine Hagen ले। Cologne स्थित योग केंद्रमा पहिलो पल्ट उहाँका आँखा यो किताबमाथि परेका हुन। किताबका पाना पल्टाउँदै जाँदा किताबका विभिन्न विषयवस्तु र विशेष गरी Johann Goethe, Albert Einstein, Harman Hesse, Arthur Schopenhauer जस्ता विश्वप्रसिद्ध मनीषीहरुले भारतीय ज्ञान र अनुसंधानका संबंधमा गरेका गहकिला भनाईहरुले उहाँलाई मनग्गे आकर्षित गर्यो।
पुस्तक की अनुवादक Ms Cardine एकजना ठुलो योग अनुरागी हुनुहुन्छ। उहाँले भारतको भ्रमण पनि गरी सक्नु भएको छ। उहाँ भन्नुहुन्छ-- "ज्ञवालीज्यू को यो पुस्तकको अनुवाद गर्ने मेरो प्रयास लाई प्राचीन भारत प्रतिको मेरो विनम्र श्रद्धांजलि भनि म सम्झन चाहन्छु। यस पुस्तकको अनुवाद र प्रकाशनले पश्चिमी जगतमा प्राच्य जगत का उच्चतम ज्ञानको ज्योति छर्नेछ भन्ने मेरो ठुलो आशा र विश्वास छ।" NRI द्वारा संचालित केही अमेरिकी शैक्षिक संस्थाहरुले यसलाई आफ्नो पाठ्य सामग्रीका रूपमा पनि प्रयोग गरिरहेका छन।
योभन्दा पहिले ज्ञवालीज्यूको पुस्तक महाराष्ट्र तथा गुजरात का राज्यपाल र शिक्षामंत्री हरुबाट, मेघालय तथा पश्चिम बंगाल का राज्यपाल हरुबाट एवं छत्तीसगढ राज्यका मुख्यमंत्रीबाट पनि विमोचित भईसकेको छ। अंग्रेजी भाषाका माध्यमबाट यो पुस्तक संसारभरि नै उच्च प्रशंसित छ।
गुजरातका भूतपूर्व मुख्यमन्त्री आफ्नो Special Letter of Commendation मा लेख्नुहुन्छ -- "ज्ञवालीज्यूको पुस्तक हाम्रा युवावर्गका निम्ति अवश्य पनि एउटा अमूल्य सम्पत्ति हुनेछ र आउने पुस्ता निश्चित रूपमा हाम्रा प्राचीन वाङ्मयहरु बाट अत्यंत प्रेरित हुनेछ।"
पंजाब, कर्नाटक र असम सरकारहरुले पनि ज्ञवाली ज्यूको यस पुस्तकको उच्च प्रशंसा गरेका छन र त्यहाँका राज्यभाषा पंजाबी, कन्नड र असमीयामा अनुवाद र प्रकाशन गर्ने वचनबद्धता पनि प्रकट गरेका छन।
।
टिप्पणियाँ
एक टिप्पणी भेजें